Logo

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

Logo 2021-09-15 12-09    Hamro Biratnagar

प्रतिनिधिमूलक तस्वीर

काठमाडौं, ३० भदौ । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज छ सय रुपैयाँले वृद्धि भएर ९१ हजार दुई सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार एक सय ९० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९० हजार सात सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार सात सय ६० रुपैयाँ कायम भएको छ ।

महासंघले बुधबार चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार २ सय रुपैयाँ नै तोकेको छ ।

प्रति १० ग्राम चाँदीको मूल्य एक हजार २९ रुपैयाँ तोकिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?