रवि लामिछानेको मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश
नोट: यो समाचार १ महिना अघिको हो
आइतबार, जेठ ०४, २०८२ |
अपराह्न ३:५८ बजे
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत पोखराले मिसिल (मुद्दासम्बन्धी कागजात) झिकाउन आदेश दिएको छ ।
मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले आइतबार कास्की जिल्ला अदालतमा पेस भएको मुद्दाको मिसिल झिकाउन आदेश दिएको हो ।
बिज्ञापन
यसअघि शुक्रबार, लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई जानकारी नै नदिई सुनुवाइ अघि बढाइएको भन्दै आपत्ति जनाएका थिए ।
यसअघि कास्की जिल्ला अदालतले २५ पुसमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सो आदेशविरुद्ध दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतको पछिल्लो आदेशपछि अब मुद्दाको मिसिल अध्ययन गरी थप कानुनी प्रक्रिया अघि बढाइनेछ ।