Logo

टावरबाट खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु

Logo 2021-09-15 04-09    Hamro Biratnagar

प्रतिनिधिमूलक तस्वीर

अपर तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाइनको टावर बनाउने क्रममा खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३, जल्किने नर्सिङडाँडामा टावर बनाउने क्रममा भारतीय नागरिक शेख मतिउरको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

२६ भदौमा टावरको करिब १३ फिटमाथिबाट उनी खसेका थिए ।

टाउको, छाती तथा शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल भक्तपुर लगिएको थियो । उपचारको क्रममा आज उनको मृत्यु भएको हो ।

२८ वर्षीय मतिउर एलएनटी कम्पनीका ठेकेदारमार्फत टावर निर्माण गर्दै आएका थिए ।

उनको शव पोस्टमार्टम गरी भारत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?