Premier Cables
Premier Steel

राष्ट्रिय

यातायात कार्यालयको ‘सर्भर’ किन हुन्छ ‘डाउन’ ? देशभर लाइसेन्स सेवा प्रभािवत

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २०, २०८२  | अपराह्न २:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । यातायात व्यवस्था विभागको प्रणाली (सर्भर)मा समस्या आएपछि आज देशभर सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा बन्द गरिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै नयाँ ट्रायल, लिखित परीक्षा, अनलाइन आवेदन तथा लाइसेन्स प्रिन्टको काम पूर्ण रूपमा रोकिएको जनाएको छ।

विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडाका अनुसार सर्भरमा समस्या देखिएपछि कुनै पनि प्रक्रिया सञ्चालन हुन नसकेको हो। उनले भने, “सर्भर नै डाउन भएकाले लिखित परीक्षा, ट्रायल र प्रिन्टिङ सेवा सबै ठप्प छन्। विभागको प्राविधिक टोली मर्मत कार्यमा खटिएको छ, समस्या बेलुकासम्म समाधान हुने आशा छ।”

बिज्ञापन

विभागको सूचना अनुसार यो समस्या शुक्रबारदेखि देखिएको हो। जबसम्म समस्या समाधान हुँदैन, तबसम्म लाइसेन्ससँग सम्बन्धित सबै सेवा रोकिएको छ। अनलाइन आवेदन प्रणाली, ईडीएल प्रणाली तथा अत्यावश्यक प्रिन्ट सेवाहरू समेत प्रभावित भएका छन्।

विभागले अर्को सूचना नआउञ्जेल सेवा पुनः सुचारु नहुने स्पष्ट पारेको छ। सेवाग्राहीलाई हाललाई धैर्य रहन अनुरोध गर्दै विभागले सिस्टम मर्मतको काम तीव्र गतिमा भइरहेको जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka