Premier Cables
Premier Steel

विराटनगर

विद्युत प्राधिकरण निर्देशक शाक्यलाई मोरङ व्यापार संघमा स्वागत

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ ०८, २०८२  | राती ८:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई स्वागत गरेका छन् ।

बिहीबार संघको कार्यकक्षमा आयोजित एक कार्यक्रमबीच शाक्य, प्राधिकरणका उप–निर्देशक दिर्घायु श्रेष्ठ, प्राधिकरणका कोशी प्रदेश प्रमुख निर्देशक राजीव सिंह र प्राधिकरणको विराटनगर वितरण शाखाका प्रमुख सरोज कुमार साहसँग समसामयिक विषयमा छलफल समेत गरेका छन् ।

बिज्ञापन

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडाले संयुक्त रुपमा प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई स्वागत गरे । त्यस अवसरमा मोरङ–सुनसरी औद्योगिक कोरिडोरको विद्युत समस्याबारे जनकारी गराए ।

संघका सचिव अमित सारडाद्वारा संचालित कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मून्दडा नेपाल विद्युत प्राधिकरण विराटनगरका अधिकृतहरु, संघ तथा परिसंघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, संघका युवा र महिला उद्यम समिति संयोजक तथा सदस्यहरु, विभिन्न औद्योगिक प्रतिष्ठानका प्रमुख एवं प्रतिनिधिहरु, संचारकर्मीहरु लगायतकोे सहभागिता रहेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka