Premier Cables
Premier Steel

विराटनगर

विश्व न्यूमोनिया दिवसको अवसरमा जनचेतना कार्यक्रम

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २८, २०८२  | बिहान ९:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विश्व न्यूमोनिया दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउन, रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल एण्ड टिचिङ हस्पिटल र इन्टरयाक्ट क्लब अफ दिल्ली पब्लिक स्कूल (डिपिएस)को संयुक्त आयोजनामा एक न्यूमोनिया जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम दिल्ली पब्लिक स्कूलको परिसरमा आयोजना गरिएको थियो, जसमा करिब १५० जना विद्यार्थीहरू सहभागी भएका थिए।

बिज्ञापन

कार्यक्रमका मुख्य वक्ता श्री प्रशान्त मेहताले विद्यार्थीहरूलाई न्यूमोनियाको कारण, लक्षण, रोकथामका उपाय र समयमा उपचारको महत्त्वबारे अन्तरक्रियात्मक रूपमा जानकारी गराए।

कार्यक्रमको समन्वयमा इन्टरयाक्ट क्लब अफ डिपिएसकी फ्याकल्टी एडभाइजर अर्चना दुगड बास्कोटाको विशेष भूमिका रहेको थियो।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष गिरीजा सारडाले कार्यक्रमका विवरणहरू साझेदारी गरिन् । सेक्रेटरी पुनम राठी, कोषाध्यक्ष सपना सिंघल, सर्भिस चेयर स्नेहा अटल, सदस्य रश्मि जिन्दल सहित रोटरेक्ट अध्यक्ष अमृत गुप्ता र इन्टरयाक्ट अध्यक्ष युविका जिन्दलसहित तीनवटा क्लबको मेम्बरहरूको उपस्थितिले कार्यक्रम लाई सफल बनाएका थिए।

यस कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्यप्रति सचेतना बढाउने र न्यूमोनियाबाट बच्न आवश्यक व्यवहारिक ज्ञान प्रवाह गर्ने महत्वपूर्ण प्रभाव पारेको आयोजकहरूले जनाएका छन्।


*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka