Premier Cables
Premier Steel

कोशी प्रदेश

कृषि बजारमा प्रदेश सभा सञ्चालनको सम्भावनाबारे मुख्यमन्त्री कार्कीको अनुगमन

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १३, २०८२  | अपराह्न २:४४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मोरङको कटहरीस्थित कृषि बजारको अनुगमन गर्दै त्यहाँ प्रदेश सभा बैठक सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गरेका छन्।

बिहीबार मुख्यमन्त्री कार्कीले महेशपुरस्थित कृषि बजारको संरचना अवलोकन गर्दै स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेका हुन्। उनले प्रदेश सभा बैठक सञ्चालनका लागि आवश्यक पूर्वाधार, पहुँच र व्यवस्थापनसम्बन्धी सुझाव पनि संकलन गरेका छन्।

प्रदेश सभाको आगामी बैठक कटहरी गाउँपालिकामा रहेको कृषि भवनमा गर्ने कि विराटनगरस्थित वीरेन्द्र सभागृहमा गर्ने भन्ने विषयमा सरकारले अहिलेसम्म अन्तिम निर्णय गर्न बाँकी छ। तर, कृषि बजारमा पर्याप्त पूर्वाधार उपलब्ध भएकाले त्यहीँ सभा सञ्चालन गर्न सकिने सुझाव मुख्यमन्त्रीलाई दिइएको बताइएको छ।

उक्त कृषि बजार भवन संघीय सरकारले निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको संरचना हो। वीरेन्द्र सभागृह प्रयोग गर्दा विराटनगर महानगरपालिकालाई भाडा स्वरूप ठूलो रकम बुझाउनुपर्ने भएकाले वैकल्पिक स्थलको खोजी भइरहेको प्रदेश सरकारका एक अधिकारीले बताएका छन्।

अनुगमनपछि मुख्यमन्त्री कार्कीले प्रदेशसभा सदस्यहरू, कटहरी गाउँपालिका र विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरूसँग छलफल गर्दै सम्भावित व्यवस्थाबारे सुझाव मागेका थिए।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka