Premier Cables
Premier Steel

राष्ट्रिय

सिमरा दुई दिनदेखि अशान्त, के हो विवाद?

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर ०५, २०८२  | बिहान ७:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सिमरा । जेन–जी समूह र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपपछि दुई दिनसम्म सिमरा क्षेत्रमा तनाव कायम रह्यो। दुबै पक्षले घटनाको लागि एक–अर्कालाई दोषारोपण गरिरहेका छन्।

बुधबार बारामा जेन–जी र एमालेका छुट्टाछुट्टै कार्यक्रम तय भएका थिए। एमालेको कार्यक्रम परवानीपुरमा आयोजना हुने र महासचिव शंकर पोखरेल तथा नेता महेश बस्नेत सहभागी हुने योजना थियो। उनीहरूको स्वागतका लागि एमाले कार्यकर्ताहरू सिमरा विमानस्थल जाने मार्गमा स्वागत गेट बनाएर बसेका थिए।

बिज्ञापन

यसैबीच जेन–जी समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध सिमरा चोकमा प्रदर्शन गर्ने जनाएको थियो। स्थानीय नेता सम्राट उपाध्यायले फेसबुकमार्फत १० बजे शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए, जुन स्टाटस बुधबार बिहान पुनः दोहोर्‍याइएको देखिन्छ।

यही क्रममा नेताको स्वागतका लागि आएका एमाले कार्यकर्ता र प्रदर्शनमा जुटेका जेन–जी युवाहरू आमनेसामने परे।

जेन–जी समूहको आरोप छ— “हामी शान्तिपूर्ण प्रदर्शनमै थियौँ, एमाले कार्यकर्ताले आएर हातपात गरे।”
एमाले कार्यकर्ताहरू भने भन्छन्— “हाम्रा नेताहरूलाई कार्यक्रममै जान रोकियो, हाम्रो गतिविधि गर्न नपाउने अवस्था बनाइयो।”

यही विवादकै कारण सिमरामा तनाव फैलिएको हो।

बुधबार बिहान ११तिर ६-लेन सडकमा दुबै पक्षबीच भने–कहने हुँदै झडपको स्थिति बनेको जेन–जी समूहको दाबी छ। उनीहरूको अनुसार, हातपात गर्ने व्यक्ति विमानस्थलभित्र लुकेका खबर पाएपछि उनीहरू प्रहरीसँग धक्कामुक्की गर्दै विमानस्थलतर्फ पुगे, जहाँ अवस्था झनै बिग्रियो र प्रहरीले अश्रुग्यास प्रयोग गर्‍यो। त्यसपछि साढे १२ बजे प्रशासनले कर्फ्यु जारी गर्‍यो।

जेन–जी समूहले आफूहरूमाथि हातपात गर्नेहरूलाई पक्राउ गर्न माग राख्दै साँझसम्म प्रदर्शन जारी राख्यो। प्रहरीले दोषी पक्राउ गर्ने आश्वासन दिएपछि स्थिति केही शान्त भयो।

तर बिहीबार बिहान १० बजेभित्र दोषी पक्राउ नपरेपछि उनीहरू पुनः प्रदर्शनमा उत्रिए। दिउँसो करिब १२ बजे फेरि झडप हुँदा जेन–जीतर्फ ४ र प्रहरीतर्फ ६ जना घाइते भए। स्थिति फेरि बिग्रिएपछि कर्फ्यु दोहोर्‍याइयो।

यसबीच प्रहरी प्रशासनले किटानी उजुरी परेका मध्ये वडा नम्बर २ का एमाले अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष क्यामुदिन अन्सारीलाई पक्राउ गरेको छ। तर जेन–जी समूहले उजुरीमा उल्लेखित ९ जनै पक्राउ नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।

बिहीबार जिल्ला कमाण्ड पोष्टको बैठक बसेर जेन–जी युवालाई वार्ताका लागि बोलाइएको छ। साँझतिर भने सिमराको अवस्था क्रमशः सामान्य बन्न थालेको स्थानीय प्रशासनले जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka