मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

आज साँझ जेनेभा जाँदै राष्ट्रपति पौडेल

Hamro Biratnagar 5630+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्ने भएका छन् ।

उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ ।

भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार