मुख्य समाचार
पेस्तोलसहित दुई जना पक्राउ | विराटनगरको डिपिएस र भिकेभिएम स्कूलबिच दोस्रो मैत्रीपूर्ण फूटबल सम्पन्न, डिपिएस ३—० ले विजयी | आईपीएलको फाइनलमा कोलकाता र हैदराबादको भिडन्त पक्का, राजस्थान पराजित | सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतद्वारा अनुमति | सिरोहियाले उतारे ७ वरिष्ठ अधिवक्तासहित १२ जना वकिलको जम्बो टोली | सिरोहियालाई म्याद थपका लागि अदालत लैजाने प्रहरीको तयारी | विराटनगरमा आतंक मच्चाउँदै हिँड्ने ‘ग्याङ’ पक्राउ | विमानस्थलमा जहाजले ठक्कर दिँदा कर्मचारी घाइते | माई खोलामा डुबेर २ बालकको मृत्यु | रविविरुद्ध कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली |

वेस्टइन्डिज 'ए'विरुद्ध आज दोस्रो खेल खेल्दै नेपाल

Hamro Biratnagar 5372+ समाचार ( )
१६ वैशाख २०८१, आइतबार

पाँच खेलको टी-२० सिरिजअन्तर्गत नेपाल र वेस्टइन्डिज 'ए'बीचको दोस्रो खेल आज हुँदै छ । त्रिवि क्रिकेट मैदानमा दिउँसो सुरु हुने खेलमा दोस्रो जित निकाल्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ ।

नेपालले यो सिरिजलाई टी-२० विश्वकप तयारीका रूपमा लिएको छ । यो सिरिजपछि नेपाल टी-२० विश्वकप खेल्न अमेरिका प्रस्थान गर्नेछ ।

यसअघि शनिबार भएको खेलमा नेपालले वेस्टइन्डिजलाई ४ बल बाँकी छँदै ४ विकेटले पराजित गरेको थियो । २०५ रनको लक्ष्य पाएको नेपालले ६ विकेटको क्षतिमा १९.४ ओभरमा जित हात पारेको थियो ।

शनिबार कप्तान रोहित पौडेलले शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा ११२ रन बनाएपछि नेपाल जित नजिक पुगेको थियो । नेपालले सफलतापूर्वक २०० प्लसको लक्ष्य चेस गर्ने क्रममा रोहितको एकल प्रयास पर्याप्त भयो ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनास बोहरा, विवेक यादव र आकाश चन्द रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार