मुख्य समाचार
जोगबनीदेखि सिलिगढीसम्म आजदेखि चल्न थाल्यो रेल, यस्तो छ रुट (सूचीसहित) | विराटनगरमा १० औँ संस्करणको आनन्द मारवाडी प्रिमियर लिग सम्पन्न, अरिहन्त–११ ले जित्यो उपाधी | रोटरी क्लब अफ विराटनगर फ्यूजनको आयोजनामा पाँचौ संस्करणको साइक्लोथन सम्पन्न | नेपालले टी-२० सिरिजको फाइनल खेल्ने पक्क | एक महिनामा नेपाल भित्रिए ९७ हजार पर्यटक | काँकडभिट्टामा ६ जना स्थानीय सशस्त्रको खुकुरी प्रहारबाट घाइते | हाम्रो गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ : देउवा | एक्समा अब अडियो र भिडियो कल सुविधा पनि | आनन्द एमपिएलः शुक्रबार अरिहन्त–११ र प्रिमियर–११ विजयी, अरिहन्त–११ फाइनलमा प्रवेश | आगलागी नियन्त्रणको पूर्वतयारी: विराटनगरस्थित सनसारीमाईस्थानको डिप बोरिङ सञ्चालन |

विराटनगरमा चल्न छाड्यो ‘भारु’

Hamro Biratnagar 4303+ समाचार ( )
६ आश्विन २०८०, बुधवार

विराटनगर, ६ असार । पछिल्लो समय विराटनगरमा भारतीय रुपैयाँ चल्न छाडेको छ । कुनै समय एक सय रुपैयाँको १६०/१६५ रुपैयाँसम्म कारोबार हुने भारतीय रुपैयाँ अहिले भने विराटनगरलगायत नेपालमा चल्न छाडेको छ । 

पछिल्लो समय विराटनगरमा भारतीय नोट नचल्ने व्यापारीहरुले सूचनानै टाँस्ने गरेका छन् । भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले गर्ने भनिएको नोट बन्दीको हल्लाका कारण नेपालमा त्यसको प्रभाव परेको विज्ञहरु बताउँछन् । 

पहिलोपटक भारत सरकारले नोटबन्दी गर्दा नेपाललाई धेरै नोक्सानी भएको थियो । तत्कालिन समयमा नेपालका उद्योगी, व्यवसायीसँग रहेको भारतीय नोट सटही नभएपछि उनीहरुले ठुलो क्षती व्यहोर्नु परेको थियो । नेपाल सरकारले पटक–पटक मुद्रा सटहीका लागि आग्रह गरेपनि मोदी सरकारले सुनेन । 

सोही कारण यतिबेला पनि नोट बन्दीको हल्ला चलेकाले भारतीय नोटको कारोबारमा कमी आएको हो । भारतसँग सीमा जोडिएको विराटनगरमा केही समय अघिसम्म भारतीय नोटको दवदवा थियो । तर, नोटबन्दीको हल्लासँगै अहिले भारतीय रुपैयाँको ‘भ्यालु’ नेपालमा घटेको छ ।  

अहिले सर्वसाधारणसँग रहेको भारतीय नोट साट्दा एक सय को १४० देखि एक सय १५० रुपैयाँसम्म मात्र व्यापारीहरुले दिने गरेको सर्वसाधारणको गुनासो छ । ‘केही किन्न जाँदा व्यापारीहरुले भारु पैसा लिदै नलिने भन्छन् । धेरै आग्रह गर्दा १०० भारुको १४० मात्र हिसाब दिइरहेका छन् ।’ विराटनगरका एक स्थानीय भने,‘अहिले भारु पैसा चल्नै छाडेको छ । के भएर हो बुझ्नै सकिएन ।’

व्यवसायीहरुले बजारमा भारतीय नोट बन्दीको हल्लाका कारण नोट लिन नसकिने बताएका छन् । ‘हामीलाई भारु लिन गाह्रो होइन । तर, नोट बन्दीको हल्ला छ । पहिले पनि हामी निकै डुबेको थियौँ ।’ एक व्यवसायीले भने,‘त्यहि डरका कारण यस्तो भएको हो ।‘

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार