मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

Hamro Biratnagar 5630+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई बलात्कारको मुद्दामा सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ । यस अघि नै दोषी ठहर गरिसकेको जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार रामु शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरीविरुद्ध उनकै पत्नि आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो । उनले गत वैशाख तीन गते जिल्ला अदालतमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

रावल र गिरीले २०७५ सालमा विवाह गरेका थिए । आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौनशोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै रावलले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी थिइन् । गिरी विरुद्ध कपिलवस्तु अदालतमा वैवाहिक बलात्कार मुद्दा दर्ता छ ।

कपिलवस्तु जिल्ला अदालतले चैत २० गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि गिरी मुद्दा फिर्ता गराउन सक्रिय बनेका थिए । यही क्रममा गिरीले २०७९ चैत २७ गते रावलको सामाखुसीस्थित डेरामा पुगेर बलात्कार गरेको भन्दै पत्नी रावलले जिल्ला अदालत काठमाडौंमा बलात्कार कसुरमा मुद्दा दायर गरेकी थिइन् ।

रावलले न्याय पाउनका लागि लामो समयको सडक संघर्ष गर्दै आएकी थिईन । पतिबाटै बलात्कार भएको मुद्दा किनारा लगाउन अदालतले ढिलासुस्ती गरेको भन्दै उनी २०८० असार १० देखि दुई महिनासम्म अनशन बसेकी थिइन् । उनले २०८० माघ एक देखि दोस्रो चरणको अनशन थालेकी थिइन् ।

सरकारले गाँस, बास, कपास र जीविकोपार्जन सहितको पीडित राहत सहायता उपलब्ध गराउनुपर्ने भन्दै अनशनरत थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार