मुख्य समाचार
विराटनगर एयरपोर्ट रोडमा दुर्घटना, मोटरसाइकल चालकको अवस्था गम्भिर | कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव | नसर्ने रोगसम्बन्धी महानगरमा अभिमुखीकरण | शरणार्थी प्रकरण : छुटेनन् बालकृष्ण र टोपबहादुर | महानगरद्वारा कानुन व्यवसायी कार्की र दाहाल सम्मानित | विराटनगरमा सुनचाँदी पसल फोडेर चोरी | बिजुली अफिसले भन्यो बत्तीको पैसा देऊ, विराटनगर महानगरले भन्यो पहिले पोल भाडा रा सम्पत्ति कर तिर | विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग सिरिज खेल्ने | केपी ओली कपको उपाधि जित्न आर्मीलाई १३६ रनको लक्ष्य | भारतका ५ राज्यको चुनाव सम्पन्न |

युवा संघ र प्रसाईंको प्रदर्शन माइतीघरमा गर्न नदिने प्रशासनको निर्णय

Hamro Biratnagar 3153+ समाचार ( )
४ मंगशिर २०८०, सोमबार

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। 

सोमबार प्रशासनले दुबै पक्षसँग छलफल गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले जानकारी दिए।

दुबै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धता जनाएको पनि उनले बताए। 

‘उहाँहरूले लिखित रूपमा शान्तिपूर्ण ढंगबाट प्रदर्शन गर्न सुरक्षाको व्यवस्था मिलाइदिनु भन्नुभएको छ,’ सिडिओ बस्नेतले भने। 

दुबै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएको छ। 

यसरी दुई पक्षको प्रदर्शन जुध्दा शान्ति सुरक्षामा खतरा हुने प्रशासनको आकलन छ। ठाउँ जुधेका कारण दुबै पक्षलाई अन्तै कार्यक्रम गर्न सुझाव दिइएको छ। 

कुनकुन ठाउँमा कार्यक्रम गर्ने भन्नेबारे पनि निर्णय भइसकेको छैन। प्रशासनले माइतीघरमा निषेधाज्ञा नै लगाउनेबारे पनि छलफल गरेको छ। 

‘कुन ठाउँमा कार्यक्रम गर्ने भन्नेबारेमा हामी छलफल गरेर सुरूमा उहाँहरूलाई मौखिक जानकारी दिन्छौं,’ सिडिओ बस्नेतले भने।

मेडिकल व्यवसायी प्रसाईंले पछिल्लो समय राजतन्त्रको वकालत गर्दै आएका छन्। उनी र नेकपा एमालेका नेता महेश बस्नेतबीच आरोपप्रत्यारोप गर्दै आएका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार