मुख्य समाचार
सिमलताल दुर्घटनाः त्रिशुलीमा वेपत्ता दुई बसका यात्रुको विवरण सार्वजनिक (सूचीसहित) | बढ्यो पेट्रोल-डिजेलको मूल्य | त्रिशूलीमा १० दिनसम्म बेपत्ता भएकाहरुलाई पनि मृतक सरहनै राहत दिने सरकारको निर्णय | कीर्तिपुर क्रिकेट मैदानलाई तीन सय दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने प्रधानमन्त्रीकाे घाेषणा | भारतसँगको सीमा समस्या भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समाधान गरिन्छ: परराष्ट्रमन्त्री राणा | नेप्से परिसूचक १७ अङ्कले घट्दा साढे आठ अर्ब बढीको कारोबार | ओलीले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी | प्रधानमन्त्री कार्यालयमा ओलीकाे स्वागत | किस्ताबन्दीमा डेडिकेटेड तथा ट्र‌ङ्क लाइनको महसुल बुझाउन सकिने | ओली मन्त्रिपरिषद्‍मा दलित शून्य |

अबदेखि महानगरका वडा तहका सबै सिफारिसहरू अनलाइनबाटै

Hamro Biratnagar 6041+ समाचार ( )
३ जेठ २०८०, बुधवार

विराटनगर । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई छिटोछरितो र सहज रुपमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भएको छ ।

महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई–सिफारिस र ई–पेमेन्टलाई प्रभावकारी बनाउने भएको छ । महानगरका १९ वटै वडाबाट प्रदान हुने सबै सिफारिस र राजस्व संकलनलाई प्रविधिमैत्री बनाउन लागेको हो । त्यसका लागि १९ वटै वडाका सचिवका लागि महानगरले एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । मेयर नागेश कोइरालाले सेवाग्राहीहरु घरमै बसेर सिफारिस लिन सक्ने वातावरण बनाउन लागेको बताउनुभयो । उहाँले जनतालाई सहज रुपमा सेवा प्रदान गर्ने सुशासन कायम गर्ने उद्देश्यले सबै सेवालाई प्रविधिमैत्री बनाउन लागिएको जानकारी दिनुभयो । 

“कुनै पनि काम लिएर भरिसक्यो वडा कार्यालय सेवाग्राहीहरु पुग्न नपरोस् भनेर हामीले सेवालाई प्रविधिमैत्री बनाउन लागेका छौं,” मेयर काइरालाले भन्नुभयो, “केही वडामा ई–सिफारिस कार्यान्वयनमा आइसकेको छ । अब सबै वडामा छिट्टै कार्यान्वयनमा ल्याउनेछौं ।”

उहाँले जनताले महसुस गर्ने गरी सेवालाई प्रविधिमैत्री बनाउन पनि निर्देशन दिनुभयो । उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि विद्युतीय सुशासनलाई जोड दिएको स्मरण गर्नुभयो ।

उहाँले चालु आर्थिक वर्षबाट विद्युतीय सुशासन कार्यान्वयन सुरु भएको र आगामी आर्थिक वर्षदेखि पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सेवालाई प्रविधिमैत्री बनाउन सकिए जनतालाई सास्ती नहुने र कार्यालयमा समेत भीडभाड नहुने बताउनुभयो । महानगरले वडा तहका सिफारिस मात्रै नभएर महानगरका सबै शाखा र महाशाखाका सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने जानकारी दिनुभयो । 

वडामा ई–सिफारिस र ई–पेमेन्ट पूर्ण रुपमा लागू भएपछि अनलाइन सेवा प्रणालीको पक्रियाका विषयमा सार्वजनिक सूचना जारी गरेर महानगरवासीलाई जानकारी गराइने सूचना प्रविधि शाखाकी इन्जिनियर अर्चना कर्णले बताउनुभयो । “अनलाइनमार्फत कसरी सेवा लिने भनेर हामी महानगरवासीलाई विभिन्न माध्यमबाट जानकारी गराउनेछौं,” कर्णले भन्नुभयो ।

अभिमुखीकरण तालिममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले सेवालाई प्रविधिमैत्री बनाउँदा जनशक्तिसमेत कम लाग्ने बताउनुभयो । पहिलो चरणमा वडासचिवहरुलाई अभिमुखीकरण तालिम दिएको महानगरले केहीमै वडाका अन्य कर्मचारीहरुलाई पनि तालिम दिने तयारी गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार