मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

विश्वकप छनोट:यूएईसँग नेपाल ४–० गोलले पराजित

Hamro Biratnagar 5630+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा बिहीबार नेपाल पराजित भएको छ । साउदी अरबमा खेलिएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई ४–० गोलले हराएको हो । एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा नेपालले भोगेको यो लगातार पाँचौँ हार हो ।

बिहीबार राति खेलिएको खेलमा यूएईले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको थियो । पहिलो हाफमा यूएईका लागि दुबै गोल हरिब अब्दल्लाले गरेका हुन् । उनले तीन मिनेटको बिचमा दुई गोल गरे । खेल सुरु भएको १२औँ मिनेटमै उनले टोलीलाई अग्रता दिलाएका थिए ।

उनले १४ औँ मिनेटमा अर्को गोल थपेका थिए । यूएईले खेलको दोस्रो हाफमा पनि दुई गोल थप्यो । यूएईका लागि तेस्रो गोल ५३औँ मिनेटमा अली सालेहले गरेका थिए । हाजिम मोहम्मद अब्दुल्लाह अब्बासले ७५ औँ मिनेटमा यूएईका लागि चौथो गोल गरेका थिए ।

नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल पनि ‘न्यूट्रल भेन्यू’ मा खेलेको हो । केही समयअघि एसियाली फुटबल महासंघ (एएफसी) का प्राविधिकले दशरथ रंगशालाको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरुले दशरथ रंगशालाको विषयमा आफ्नो प्रतिवेदन एएफसीमा बुझाएका थिए ।

सोही प्रतिवेदनका आधारमा एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गर्दै दशरथ रंगशालाको अवस्था विश्वकप छनोट खेलका लागि उपयुक्त नरहेकाले त्यो खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्नुपर्ने जानकारी गराएको थियो ।

सोही आधारमा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल साउदी अरबमा खेलेको हो । नेपाल र यमनबिचको खेल पनि साउदी अरबमै खेलिने छ । एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ ।

हालसम्म खेलिएको पाँच खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन भने १८ गोल खाएको छ । नेपाली टोली यसअघि यूएईसँग ४–० गोल र यमनसँग २–० गोलले पराजित भएको थियो । नेपालले बहराइनसँग भने क्रमशः ५–० गोल र ३–० गोलले हार भोगेको थियो । 

समूह ‘एच’ मा पाँच खेल खेलेको यूएई १५ अंकसहित पहिलो स्थानमा छ । यूएई विश्वकप छनोटको तेस्रो चरणमा पुगिसकेको छ । पाँच खेल खेलेको नेपालले भने हालसम्म अंक बटुल्न सकेको छैन । बिहीबार राति नै खेलिएको समूह ‘जी’ अन्तर्गतको खेलमा साउदी अरेबियाले पाकिस्तानलाई ३–० गोलले हरायो । समूह ‘आई’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई २–० गोलले पराजित गर्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार