मुख्य समाचार
विराटनगर एयरपोर्ट रोडमा दुर्घटना, मोटरसाइकल चालकको अवस्था गम्भिर | कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव | नसर्ने रोगसम्बन्धी महानगरमा अभिमुखीकरण | शरणार्थी प्रकरण : छुटेनन् बालकृष्ण र टोपबहादुर | महानगरद्वारा कानुन व्यवसायी कार्की र दाहाल सम्मानित | विराटनगरमा सुनचाँदी पसल फोडेर चोरी | बिजुली अफिसले भन्यो बत्तीको पैसा देऊ, विराटनगर महानगरले भन्यो पहिले पोल भाडा रा सम्पत्ति कर तिर | विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग सिरिज खेल्ने | केपी ओली कपको उपाधि जित्न आर्मीलाई १३६ रनको लक्ष्य | भारतका ५ राज्यको चुनाव सम्पन्न |

पोर्चुगल पुगेका एक नेपालीकाे सुतेकै अवस्थामा निधन

Hamro Biratnagar 3153+ समाचार ( )
७ जेठ २०८०, आइतबार

वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो ।

साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएका अध्यक्ष अधिकारीले बताए । 

साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए । विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल आएका थिए । उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ ।

परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए । उनले शव पठाउनका लागि आर्थिक सङ्कलन सुरु गरिएको बताउँदै सो कार्यमा सहयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायसँग विशेष आग्रहसमेत गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार