एसिया कप क्रिकेट एकदिवसीय क्रिकेट प्रतियोगिताको सुपर फोरमा आज पाकिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको नेपाली समय अनुसार खेल सवा ३ बजेदेखि लाहोरमा सुरु हुनेछ ।
समूह चरणमा पाकिस्तानले नेपाललाई २ सय ३८ रनले हराउँदै भारतसँग भने वर्षाका कारण अंक बाँडेको थियो । यस्तै, समूह ‘बी’ को बंगलादेशले श्रीलंकासँग ५ विकेटको हार बेहोर्दा अफगानिस्तानलाई ८९ रनले हराएको थियो ।
पछिल्लो पाँच खेलमा पाकिस्तानले बंगलादेशविरुद्ध एक खेलमा मात्र जित निकाल्न सकेको छ । यी दुई टोलीले अन्तिमपटक सन् २०१९ मा एकदिवसीय खेल खेलेका थिए । हेड टु हेडमा भनने बंगलादेशविरुद्ध पाकिस्तान हाबी छ ।
हालसम्म यी दुई टिमले अहिलेसम्म ३७ ओडिआई खेलमा एकअर्काको सामना गरेका छन् । जसमा पाकिस्तानले ३२ र बंगलादेशले पाँच खेले जितेको छ ।
नेपाल र अफगानिस्तान भने एसिया कपको समूह चरणबाटै बाहिरिएका छन् । पहिलोपटक एसिया कप खेलेको नेपाल अफगानिस्तान र पाकिस्तानको समूहमा थियो ।