मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

सिरोहियाले उतारे ७ वरिष्ठ अधिवक्तासहित १२ जना वकिलको जम्बो टोली

Hamro Biratnagar 5630+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

नागरिकता कीर्ते सम्बन्धी कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अहिले धनुषा प्रहरीको नियन्त्रणमा छन् ।

धनुषा जिल्ला अदालतले सिरोहियालाई उनकै मिडिया हाउसको केन्द्रीय कार्यालय थापाथलीबाट मंगलवार साँझ पक्राउ गरेको थियो । सोही राति उनलाई प्रहरीले जनकपुरधाम ल्याइयो ।

बुधवार धनुषा प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै अदालतबाट अनुमति माग्यो । जिल्ला सरकारी वकिल कार्यालयले ५ दिनको म्याद थप्न सिफारिस गरेकोमा अदालतले तीन दिनको म्याद दियो ।

प्रहरीले अनुसन्धान नसकेको भन्दै सिरोहियालाई आज पुनः अदालतमा पेश गरेर म्याद थप्न माग गरेको छ । तर सिरोहियालाई हिरासतमुक्त गराउन ७ वरिष्ठ अधिवक्ता र ५ अधिवक्ताले आज बहस गर्ने भएका छन् ।

सिरोहियालाई छाड्न सरकारलाई दबाब दिन जनकपुरमा नागरिक समाज र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू पटक पटक प्रदर्शन गरेका छन् । जनकपुरधामका मेयर मनोज साह अदालतकै अगाडि धर्ना बसेका छन् ।

वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू पनि आज सिरोहियालाई छुटाउन हर सम्भव प्रयास गर्ने देखिन्छन् । सिरोहियाको पक्षमा वकालत गर्न चर्चित वरिष्ठ अधिवक्ता शम्भु थापा काठमाडौंबाट जनकपुरधाम आएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार