मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

सन्दीप टिममा जोडिएपछि रोहितको प्रतिक्रियाः विकेटटेकर बलर एड हुनुभएको छ

Hamro Biratnagar 5630+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन् ।

आईसीसी टी २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले वेस्ट इन्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको बताए । विकेटटेकर बलर लामिछाने टिममा भित्रएकाले उनको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने पौडेलको भनाइ छ ।

‘वेस्ट इन्डिजको पिच एकदमै स्पिनरका लागि राम्रो छ । विकेटटेकर बलर एड भएको छ, अनुभव पनि छ, दाइको टी २० मा । अब राम्रो हुनेछ,' पौडेलले भने ।

श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको पौडेलले बताए । उनले १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने उल्लेख गरे ।

'श्रीलंका टिम राम्रो छ । हामीलाई भन्दा बढी प्रेसर श्रीलंकालाई छ जस्तो लाग्छ मलाई । धेरैजसो डट बल भइरहेको छ । १४० बनाउन सक्यो भने जित्ने सम्भावना हुन्छ,' पौडेलले भने, 'सुरुवाति ब्याट्सम्यानले राम्रो गर्न सके सबैमा आत्मविश्वास आउँछ । हामी बलियो टिम र भोलिको गेमलाई लिएर उत्साहित छौँ । यो टुर्नामेन्ट अप डाउन भइरहेको छ । प्रेसरलाई सहेर खेल्ने टिमले नै जित्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार