मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

विश्वकपको मुखैमा क्यानडाका मुख्यप्रशिक्षक पुबुदु दासानायके बर्खास्त

Hamro Biratnagar 5630+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

क्यानडा क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके बर्खास्तमा परेका छन् । क्यानडा क्रिकेट बोर्डका नयाँ उपाध्यक्ष गुरदीप क्लेयरले उनलाई बर्खास्त गरेका क्रिकबजले जनाएको छ ।  

क्रिकबजका अनुसार खेलाडी दासानायकेप्रति असन्तुष्ट रहेको एक पत्र बोर्डमा पुगेको छ । सोही कारण पनि उनी बर्खास्तमा परेका हुनसक्ने अनुमान गरिएको छ ।

सन् २०२२ जुलाईमा दासानायके दोस्रो कार्यकालका लागि क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । दोस्रो कार्यकालमा उनले क्यानडालाई टी–२० विश्वकपको लागि छनोट गराए । साथै, दासानायकेको प्रशिक्षणमा क्यानडाले पुनः एकदिवसीय मान्यता प्राप्त गर्न सफल भयो ।

यस्तै, उनको प्रशिक्षणमा क्यानडाले जारी संस्करणको विश्वकप लिग–२ अन्तर्गत आफ्नो पहिलो सिरिजमै लगातार चार खेल जितेको छ, त्यसका बाबजुद दासानायकेलाई क्यानडाले प्रशिक्षकबाट बर्खास्त गरेको छ । 

क्यानडाले आसन्न विश्वकपअघि नेपालसँग वार्मअप म्याच खेल्ने तालिका छ । यी दुई टिमबीचको खेल २७ मेमा अमेरिकामा हुनेछ । यस्तै, क्यानडाले विश्वकपमा २ जुनमा अमेरिका, ७ जुनमा आयरल्याण्ड, ११ जुनमा पाकिस्तान र १५ जुनमा भारतसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार