मुख्य समाचार
विराटनगर एयरपोर्ट रोडमा दुर्घटना, मोटरसाइकल चालकको अवस्था गम्भिर | कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव | नसर्ने रोगसम्बन्धी महानगरमा अभिमुखीकरण | शरणार्थी प्रकरण : छुटेनन् बालकृष्ण र टोपबहादुर | महानगरद्वारा कानुन व्यवसायी कार्की र दाहाल सम्मानित | विराटनगरमा सुनचाँदी पसल फोडेर चोरी | बिजुली अफिसले भन्यो बत्तीको पैसा देऊ, विराटनगर महानगरले भन्यो पहिले पोल भाडा रा सम्पत्ति कर तिर | विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग सिरिज खेल्ने | केपी ओली कपको उपाधि जित्न आर्मीलाई १३६ रनको लक्ष्य | भारतका ५ राज्यको चुनाव सम्पन्न |

इलाममा दुर्घटना अपडेटः मृतकको संख्या तीन पुग्यो

Hamro Biratnagar 3153+ समाचार ( )
४ मंगशिर २०८०, सोमबार

इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।  

धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको रोङ गाउँपालिका–३ कोल्बुङमा आइतबार दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका–९ धारापानीकी ३५ वर्षीया मनवती लामा र ६० वर्षीया शान्तमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते दुवै जनाको झापाको विर्तामोडस्थित बीएन्डसी अस्पतालमा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए । योसँगै बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । 

यसअघि आइतबार धानुषाधाम नगरपालिका–९, धारापानीकै १२ वर्षीय अर्पण लामाको मृत्यु भएको थियो । बस सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो । बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए । तीमध्ये तीनको मत्यु भइसकेको छ भने ३३ जनाको हाल  बीएन्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको छ । उनीहरूको भेन्टिलेटरमा उपचार भइरहेको छ । बस चालक धनुषा जनकपुर उपमहानगरपालिका–२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार