मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

मध्य तथा पश्चिम तराईमा केही दिन अत्यधिक गर्मी हुने

Hamro Biratnagar 5630+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मध्य तथा पश्चिमी तराईका भू-भागमा आगामी केही दिनसम्म अत्यधिक गर्मी हुने सम्भावना देखिएको महाशाखाले जानकारी दिएको छ । अत्यधिक गर्मी हुने भएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । ती भू-भागहरूमा आगामी ३ दिन (आजदेखि ३१ जेठसम्म) तातो हावा तथा तातो लहरको पनि सम्भावना रहेका त्यसबाट बँच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, वान्ता आदि हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

त्यसबाट बँच्नका लागि बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा नजाने, हल्का लुगा/सुती कपडा लगाउने गर्न महाशाखाले अनुरोध गरेको छ । त्यस्तै बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत महाशाखाले अनुरोध गरेको छ ।

महाशाखले नियमित रूपमा मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गर्ने भएकाले सोहीअनुसार अद्यावधिक भएर सूचना र जानकारी लिन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार