मुख्य समाचार
जोगबनीदेखि सिलिगढीसम्म आजदेखि चल्न थाल्यो रेल, यस्तो छ रुट (सूचीसहित) | विराटनगरमा १० औँ संस्करणको आनन्द मारवाडी प्रिमियर लिग सम्पन्न, अरिहन्त–११ ले जित्यो उपाधी | रोटरी क्लब अफ विराटनगर फ्यूजनको आयोजनामा पाँचौ संस्करणको साइक्लोथन सम्पन्न | नेपालले टी-२० सिरिजको फाइनल खेल्ने पक्क | एक महिनामा नेपाल भित्रिए ९७ हजार पर्यटक | काँकडभिट्टामा ६ जना स्थानीय सशस्त्रको खुकुरी प्रहारबाट घाइते | हाम्रो गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ : देउवा | एक्समा अब अडियो र भिडियो कल सुविधा पनि | आनन्द एमपिएलः शुक्रबार अरिहन्त–११ र प्रिमियर–११ विजयी, अरिहन्त–११ फाइनलमा प्रवेश | आगलागी नियन्त्रणको पूर्वतयारी: विराटनगरस्थित सनसारीमाईस्थानको डिप बोरिङ सञ्चालन |

विराटनगरका अभिषेक थापाको सुधार केन्द्रमा सुतेकै ठाउँमा मृत्यु, अनुसन्धान हुँदै

Hamro Biratnagar 4303+ समाचार ( )
५ श्रावण २०८०, शुक्रबार

विराटनगर, ५ साउन । विराटनगरका अभिषेक थापाको सुतेकै ठाउँमा मृत्यु भएको छ । गएराति विराटनगर–४ स्थित नव ज्योती सुधार केन्द्रमा गएका थापाको सुतेकै ठाउँमा मृत्यु भएको हो ।

थपा नव ज्योती सुधार केन्द्रका सञ्चालक शुशिल रिजाललाई भेट्न सुधार केन्द्र पुगेको बताइएको छ ।  मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार बिहीबार दिउसो १ बजेतिर थापा सो सुधार केन्द्रमा गएका थिए ।

त्यहाँ दही चिउरा खाएर सुतेका थापालाई सवा ९ बजेतिर सुधारकेन्द्रका  उनका साथीहरुले उठाउँदा न उठेपछि अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दाहालले हाम्रो विराटनगरलाई जानकारी दिए । 

प्रहरीका अनुसार थापाको उक्त सुधार केन्द्रमा आउजाउ भइरहन्थ्यो । ‘प्रारम्भिक अनुसन्धानमा उनी पूर्व लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । अहिले सेवन गरेको होकी होइन खुलेको छैन ।’ प्रवक्ता दाहालले हाम्रो विराटनगरसँग भने,‘त्यहाँ उनको चिनजान भएर आउनेजाने रहेछ । हिजो दहि चिउरा खाएर सुतेको भन्ने कुरा आएको छ । सवा ९ बजेतिर उठाउँदा नउठेपछि सुधार केन्द्रबाट अस्पताल लाँदा मृत्यु भइसकेको देखिएको छ ।’ 

प्रवक्ता दाहालले मृतकको शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार