मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

पाथीभराको भेटी रकम साढे आठ करोड

Hamro Biratnagar 5630+ समाचार ( )
१२ पौष २०८०, बिहीबार

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साढे आठ करोडको भेटी सङ्कलन भएको छ ।

भक्तजनले पाथीभरामा चढाएको उक्त रकम भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार गत मङ्सिर मसान्तसम्ममा आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ भेटी रकम सङ्कलन भएको छ । पछिल्लो दुई महिना अर्थात् कात्तिक र मङ्सिरमा मात्र ६८ लाख ११ हजार एक सय १० भेटी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए । 

सङ्कलित भेटी रकममध्ये चालु आर्थिक वर्षयता मङ्सिर मसान्तसम्ममा १० लाख ७० हजार सात सय ८७ खर्च भएको समितिले जनाएको छ । सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम दुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा सो खर्च भएको समितिले जनाएको छ । खर्च कटाएर बाँकी आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ बैंकमा मौज्दात रहेको निर्देशक हाङ्बाङले जानकारी दिए । 

बैंकमा मुद्दती खातामा छ करोड ८८ लाख मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र दुई लाख ५२ हजार चार सय ४० रहेको समितिले जानकारी दिएको छ ।     

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार