मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

विराटनगर महानगरद्वारा गर्भवतीलाई पोषणसहितका सामग्री प्रदान

Hamro Biratnagar 5630+ समाचार ( )
१६ जेठ २०८०, मङ्गलबार

विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर १८ का गर्भवती महिलाहरुलाई पोषणसहितका  सामग्री वितरण गरेको छ । 

१६ औं गणतन्त्र दिवसको अवसर पारेर विराटनगर–१८ स्थित फडानीमा आयोजित कार्यक्रममा महानगरले १ थान ठूलो छाता (लाहुरेछाता), १ थान झुल, ५ थान नुहाउने साबुन, ३ किलो मिक्स गेडागुडी र एक क्रेट अण्डा वितरण गरेको हो ।

कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, १८ नम्बर वडाका अध्यक्ष जितेन्द्रकुमार साह, सामाजिक समितिका सदस्य सरिता घिमिरे नेपाल, ओमप्रकाश साह, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले गर्भवतीहरुलाई पोषण सामग्री वितरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले गर्भाअवस्थामा राम्रो पोषण तथा नियमित गर्भ जाँचले गर्भमा भएको बच्चा तथा आमाको स्वास्थ्य राम्रो हुने बताउनुभयो । 

उहाँले महानगरपालिकाले गर्भवती आमाहरुका लागि प्रसूति गराउन उपलब्ध गराउँदै आएको निःशुल्क प्रसूति एम्बुलेन्स सेवा लिनसमेत आग्रह गर्नुभयो । त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले गर्भ अवस्थामा ८ पटक गर्भ जाँच गर्नुपर्ने, ४ महिनाको गर्भ भएदेखि नियमित रुपमा आइरन चक्की खानुपर्ने, जुकाको औषधि सेवन गर्नुपर्ने साथै टीटी सुई लगाउनुपर्ने र आवश्यकताअनुसार जुनसुकै बेला स्वास्थ्य सल्लाह लिनुपर्नेमा जोड दिनुभयो । 

१८ नम्बर वडाका अध्यक्ष जितेन्द्र साहले महानगरपालिकाले पछिल्लो समय विकाससँगै स्वास्थ्य सेवामा समेत दक्षिण क्षेत्रलाई विशेष प्राथमिकतामा राखेकोमा खुसी व्यक्त गर्नुभयो ।  सेवाबाट टाढा रहेका लक्षित समूहलाई लाभान्वित हुनेगरी सम्बन्धित स्थानमै पुगेर पोषण सामग्री वितरण गरिएको हो ।

त्यस्तै एएनसी प्रोफाइल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. उषा खनालद्वारा निःशुल्क रुपमा स्वास्थ्य जाँचसमेत गरिएको थियो । स्वास्थ्य जाँचपछि आवश्यक औषधिसमेत वितरण गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार