मुख्य समाचार
पेस्तोलसहित दुई जना पक्राउ | विराटनगरको डिपिएस र भिकेभिएम स्कूलबिच दोस्रो मैत्रीपूर्ण फूटबल सम्पन्न, डिपिएस ३—० ले विजयी | आईपीएलको फाइनलमा कोलकाता र हैदराबादको भिडन्त पक्का, राजस्थान पराजित | सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतद्वारा अनुमति | सिरोहियाले उतारे ७ वरिष्ठ अधिवक्तासहित १२ जना वकिलको जम्बो टोली | सिरोहियालाई म्याद थपका लागि अदालत लैजाने प्रहरीको तयारी | विराटनगरमा आतंक मच्चाउँदै हिँड्ने ‘ग्याङ’ पक्राउ | विमानस्थलमा जहाजले ठक्कर दिँदा कर्मचारी घाइते | माई खोलामा डुबेर २ बालकको मृत्यु | रविविरुद्ध कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली |

सन्दीपको निलम्बन फुकुवा, खुल्यो टी-२० विश्वकप खेल्ने बाटो

Hamro Biratnagar 5372+ समाचार ( )
२ जेठ २०८१, बुधवार

बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि भएको निलम्बन फुवुका भएको जनाएको छ । योसँगै सन्दीपले टी–२० विश्वकप खेल्ने बाटो खुलेको छ ।

‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ’, विज्ञप्तिमा भनिएको छ ।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंबाट बलत्कार मुद्दामा दोषी ठहर भएपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । आज उच्च अदालतले सफाइ दिएसँगै क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो ।

लामिछानेलाई बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार