मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

रविविरुद्ध कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली

Hamro Biratnagar 5630+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति क्षणिक स्वार्थ र लाभका लागि गर्न नहुने बताएका छन् । बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले भने, 'राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्छ ।'

नेपाली कांग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रका विरुद्ध खनिएको भन्दै ओलीले आपत्ति जनाए । उनले भने, 'कांग्रेसजस्तो पार्टी रवि लामिछानेविरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानुसरह हो । लामिछाने राजनीतिमा आएको एक वर्ष भएको छ । कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रस्ताव गरेको र प्रस्ताव नमानेपछि सहकारी ठगीको आरोप लगाएर अर्घेल्याइँ गरेको हो ।'

संसदमा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा संसदमा बोल्न नहुने ओलीले बताए । राजनीति गर्नुपर्छ तर राजनीति देशका लागि, जनताका लागि, सत्य स्थापनाका लागि हुनुपर्ने उनको भनाइ थियो । राजनीति क्षणिक स्वार्थका लागि र क्षणिक लाभका लागि गर्न नहुने उनले बताए ।

ओलीले थपे, 'रातिसम्म प्रधानमन्त्रीका लागि ठीक, म यता लाग्न सक्दिनँ भनेपछि त्यसो भए तँ सहकारीको ठग । यो अलि मिलेन । एउटा व्यक्तिको नाम लिएर संसदमा सहकारीको ठग कहाँ प्रमाणित भयो । भ्रष्टाचारी ठहर भएको मान्छे संसदमा उभिएर सहकारी ठग भनिरहेको छ । संसदमा मुर्दावादको नारा लगाइँदैन । त्यसलाई राम्रो मानिँदैन । अप्रमाणित कुरा संसदमा बोलिँदैन ।’

अध्यक्ष ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न पक्राउ गरिएको बताए । उनले सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो भन्दै प्रश्नसमेत गरे । नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रूपमा बुझ्न नहुने उनको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार