मुख्य समाचार
ओली नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय | सीमलताल दुर्घटना: थप दुइटा शव फेला, पहिचान हुन बाँकी | प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश | कांग्रेस-एमाले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न जाँदै | राष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान, ओली प्रधानमन्त्री बन्ने निश्चीत | ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर कांग्रेस-एमाले शीतल निवास जाँदै | महानगरले डेंगु नियन्त्रणको अभियानलाई व्यापक बनाउँदै | १९ महिनापछि ढल्यो प्रचण्ड सरकार, दुई तिहाइ सांसदको अविश्वास | केसलिया रोडस्थित पुलमुनिको जाम खोलेसँगै डुबान समस्या समाधान | बेचन झा र प्रतीक थापा पक्राउ परेकैले सरकार ढल्यो:रवि लामिछाने |

मन्त्री लिम्बुलाई नेपाल खेलकुद महासंघले बुझायो ज्ञापनपत्र, खेलकुद क्षेत्रको विकास र विस्तार गर्न माग

Hamro Biratnagar 6010+ समाचार ( )
१० जेठ २०८०, बुधवार

काठमाडौं, १० जेठ । नेपाल खेलकुद महासंघले खेलकुद क्षेत्रको विकास र विस्तारका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले युवा तथा खेलकुदमन्त्री डिक बहादुर लिम्बुलाई भेटेर सरकारको ध्यानाकर्षण गराएको हो । 

महासंघ केन्द्रीय अध्यक्ष बस्नेत नेतृत्चको टोलीले मन्त्री लिम्बुलाई भेटेर विभिन्न १३ बुँदे ज्ञापनपत्र बुझाएको हो । महासंघले नेपाल सरकारको कूल बजेटको २ प्रतिशत खेल र खेलाडिमा रकम विनियोजन गर्न माग गरेको छ ।

त्यस्तै खेलकुद विश्वविद्यालय तुरुन्तै सन्चालन गर्न समेत माग गरेको छ । त्यसैगरी राष्ट्रिय खेलकुद परिसदको लामो समय देखि रोकिएको बढुवा प्रकृया अविलम्ब अगाडि बढाउन माग गरेको छ भने खेलाडीको दुर्घटना बीमा र निःशुल्क उपचार गर्न समेत माग गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । 

साथै महासंघले आगामी दिनमा ७ वटै प्रदेशमा प्रत्याप्त बजेट पुराएर टोल टोलमा आफ्नो खेलाडी उत्पादन गर्ने भुमिकामा साथ दिन समेत माग गरेको हो ।