मुख्य समाचार
विराटनगर एयरपोर्ट रोडमा दुर्घटना, मोटरसाइकल चालकको अवस्था गम्भिर | कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव | नसर्ने रोगसम्बन्धी महानगरमा अभिमुखीकरण | शरणार्थी प्रकरण : छुटेनन् बालकृष्ण र टोपबहादुर | महानगरद्वारा कानुन व्यवसायी कार्की र दाहाल सम्मानित | विराटनगरमा सुनचाँदी पसल फोडेर चोरी | बिजुली अफिसले भन्यो बत्तीको पैसा देऊ, विराटनगर महानगरले भन्यो पहिले पोल भाडा रा सम्पत्ति कर तिर | विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग सिरिज खेल्ने | केपी ओली कपको उपाधि जित्न आर्मीलाई १३६ रनको लक्ष्य | भारतका ५ राज्यको चुनाव सम्पन्न |

शेयर बजारमा झिनो सुधार, १ अर्ब ९ करोडको कारोबार

Hamro Biratnagar 3153+ समाचार ( )
४ मंगशिर २०८०, सोमबार

चाडपर्व सकिएपछि शेयर बजारमा सामान्य सुधार आएको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ३९ अंकले बढेर १,८५३ दशमलव ४८ को विन्दुमा कायम भएको छ । आज ११९ कम्पनीको शेयर मुल्य बढेको छ भने ११३ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम, उत्पादनमुलक एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र अन्य उपसूचक घटेका छन् ।

आज दिनभरिमा २८४ कम्पनीको ३३ लाख १९ हजार ५५८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटल्सको ६ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानकिर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभनदा धेरै फरवार्ड माइक्रोफाइनान्स कम्पनी र सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार