मुख्य समाचार
सरकारविरुद्ध सामूहिक मुद्दा लड्दै वाणिज्य बैंक | विराट बहिरा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण | तेस्रो बिहे गर्न शिशुलाई उखुबारीमा छाड्ने शर्मिला पक्राउ | ऊर्जा क्षेत्रको विकासका लागि यस्ता छन् ८५ बुँदे कार्यक्रम | एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप अनुपस्थित | आज पाँच प्रदेशमा वर्षा हुने पूर्वानुमान | वीरगन्जमा हिन्दूवादीहरुको प्रदर्शन | क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी | यस्तो छ सरकार र शिक्षक महासंघबीच भएको ६ बुँदे सहमति (पूर्णपाठ) | सीजीलाई मोबाइल लाइसेन्स दिन राजपत्र संशोधनको तयारी |

नविल बैंक धरान शाखाबाट ग्राहकको रकम चोरी

Hamro Biratnagar 2247+ समाचार ( )
८ जेठ २०८०, सोमबार

नविल बैंकको धरान शाखाबाट ग्राहकको रकम हराएको छ ।धरान १३ की सारदा राईले नविल बैंक धरान शाखाबाट आफ्नो ६६ हजार ३ सय ५० रुपैयाँ नगद हराएको उजुरी दिएकी छन्।

उनले आफ्नो खाताबाट पटक पटक गरी अन्य बैंकको खातामा रकम ट्रान्सफर गरि आफ्नो पैसा चोरी गरिएको बताएकी हुन्।

उनले बैंकबाट रकम चोरी भएपछि रकम चोरी गर्नेहरुलाई पक्राउ गरि कारबाहि र आफ्नो चोरी भएको पैसा फिर्ताको माग राखेर इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको बताइन्। 

त्यस्तै धरानका श्याम थुलुङले पनि नविल बैंकमा रहेको आफ्नो खाताबाट ८० हजार रुपैयाँ चोरी भएको बताएका छन्। उनले बैंकबाट गत बैशाख ३१ गते उक्त रकम चोरी भएको बताए।

रकम चोरी भएपछि उनले पनि इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन्। दुबै जनालाई अपरिचित व्यक्तिले बैंकबाट फोन गरेको भन्दै खाता नम्बर मागेर बैंक खाता ह्याक गरि रकम चोरी गरेको पीडितहरुले बताएका छन्। 

नविल बैंक धरानका प्रबन्धक उज्वल भण्डारीले बैंकका ग्राहकहरुलाई ह्याकरले बैंक कर्मचारी बनेर फोन गरि खाता नम्बर र पासवर्ड मागेर मोबाइल बैंकिङमार्फत रकम ठगि गरेको पाइएको बताए।

उनले ग्राहकहरुको रकम ह्याक गरि ठगि गर्नेलाई पत्ता लगाउन बैंकको केन्द्रिय कार्यालयमार्फत पहल भइरहेको बताए। इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले नविल बैंकबाट ग्राहकको रकम हराएको विषयमा अनुसन्धान भइरहेको बताए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार