विराटनगर, ८ जेठ । विराटनगरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएका छ ।
गएराति साढे ११ बजेको समयमा विराटनगर–७ स्थित सरस्वती मन्दिर अगाडी बा ७६ प ७८४६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना हुँदा मोरङको कटहरीका २७ वर्षिय सागर भगतको मृत्यु भएको हो ।
गएराति भगतले चलाएको मोटरसाइकल अनियन्त्रीत भएर सडक छेउको घरमा ठोक्किदा गम्भिर घाइते भएका थिए ।
उनको विराटनगरस्थित रेड प्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक रञ्जनकुमार दाहालले हाम्रो विराटनगरलाई जानकारी दिए ।