मुख्य समाचार
जोगबनीदेखि सिलिगढीसम्म आजदेखि चल्न थाल्यो रेल, यस्तो छ रुट (सूचीसहित) | विराटनगरमा १० औँ संस्करणको आनन्द मारवाडी प्रिमियर लिग सम्पन्न, अरिहन्त–११ ले जित्यो उपाधी | रोटरी क्लब अफ विराटनगर फ्यूजनको आयोजनामा पाँचौ संस्करणको साइक्लोथन सम्पन्न | नेपालले टी-२० सिरिजको फाइनल खेल्ने पक्क | एक महिनामा नेपाल भित्रिए ९७ हजार पर्यटक | काँकडभिट्टामा ६ जना स्थानीय सशस्त्रको खुकुरी प्रहारबाट घाइते | हाम्रो गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ : देउवा | एक्समा अब अडियो र भिडियो कल सुविधा पनि | आनन्द एमपिएलः शुक्रबार अरिहन्त–११ र प्रिमियर–११ विजयी, अरिहन्त–११ फाइनलमा प्रवेश | आगलागी नियन्त्रणको पूर्वतयारी: विराटनगरस्थित सनसारीमाईस्थानको डिप बोरिङ सञ्चालन |

विराटनगरस्थित सगरमाथा बोर्डिङ स्कुलले शौचलयभित्र जोडेको सिसि क्यामेरा महानगरले जफत गर्यो, कारबाही हुने

Hamro Biratnagar 4303+ समाचार ( )
१९ जेठ २०८०, शुक्रबार

विराटनगर, १९ जेठ । विराटनगरस्थित सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले शौचालयमा जडान गरेको सिसि क्यामेरा महानगरपालिकाले जफत गरेको छ ।

सामाजिक सञ्जालमा सो विद्यालयको शौचालयमा सिसि क्यामेरा जडान भएको तस्बीर सार्बजनिक भएपछि महानगरपालिकाको टोली स्कुलमै पुगेर सिसि क्यामेर जफल गरेको हो । 

महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको निर्देशनमा गएको महानगरपालिकको शिक्षा शाखा र नगर प्रहरीको टोलीले राखीएको शौचालय भित्रको सिसि क्यामेराहरु निकालेर जफत गरेको हो ।

शौचालय भित्रको सिसि क्यामेरा जफत गरेसँगै महानगरपालिकाले सो स्कुललाई कारबाही प्रकृया समेत अघि बढाउने भएको छ । महानगरपालिकाले गैर कानुनी रुपमा सिसि क्यामेरा राखिएकाले कारबाही प्रकृया अघि बढाउने जनाएको छ । 

यता स्कुलले भने सो सिसि क्यामेरा विद्यार्थीलाई सतर्क गराउनका लागि मात्र राखिएको र प्रयोगमा नरहकेको जनाएको छ ।

स्कुलका प्रीन्सीपल त्रिलोचन गौतमले छात्र शौचालयमा विद्यार्थीहरुबिच हुने झैझगडा नियन्त्रण र गलत कृयाकलाप नियन्त्रणका लागि सिसि क्यामेराको डर देखाउन मात्र राखिएको तर, प्रयोगमा नरहेको बताए । ‘विद्यार्थीहरुले शौचालयमा गुट्खा खाने, झगडा गर्ने गरेका पाइएपछि सिसि क्यामेराको निगरानी छ भन्ने डर देखाउन मात्र राखिएको हो ।’ उनले हाम्रो विराटनगरसँग भने,‘कतै जोडिएको होइन, त्यसो गर्दा विद्यार्थीहरु सतर्क भएका थिए । तर, स्कुलको बदनाम गर्न गलतरुपमा प्रचार गरियो ।’ 

प्रतिक्रिया

पुेरूषाेतम चौधरी २२ जेठ २०८०, सोमबार

1 pics

एकाे थियाे त। २० जेठ २०८०, शनिबार

त्यसाे हाे भने स्कुलले अभिभावक,मा.न.पा मा सराेकारवालालाई साे काे जानकारी उद्देश्य सहित समयमै दिएकाे छ त ?

प्रेम प्रसाद दवाडी १९ जेठ २०८०, शुक्रबार

डर देखाउन राखे पनि कस्को के बिश्वश नियत बस उक्त सिसि क्यामेरा सन्चालन भएको भए के हुन्थ्यो।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार