मुख्य समाचार
जोगबनीदेखि सिलिगढीसम्म आजदेखि चल्न थाल्यो रेल, यस्तो छ रुट (सूचीसहित) | विराटनगरमा १० औँ संस्करणको आनन्द मारवाडी प्रिमियर लिग सम्पन्न, अरिहन्त–११ ले जित्यो उपाधी | रोटरी क्लब अफ विराटनगर फ्यूजनको आयोजनामा पाँचौ संस्करणको साइक्लोथन सम्पन्न | नेपालले टी-२० सिरिजको फाइनल खेल्ने पक्क | एक महिनामा नेपाल भित्रिए ९७ हजार पर्यटक | काँकडभिट्टामा ६ जना स्थानीय सशस्त्रको खुकुरी प्रहारबाट घाइते | हाम्रो गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ : देउवा | एक्समा अब अडियो र भिडियो कल सुविधा पनि | आनन्द एमपिएलः शुक्रबार अरिहन्त–११ र प्रिमियर–११ विजयी, अरिहन्त–११ फाइनलमा प्रवेश | आगलागी नियन्त्रणको पूर्वतयारी: विराटनगरस्थित सनसारीमाईस्थानको डिप बोरिङ सञ्चालन |

बिजुली अफिसले भन्यो बत्तीको पैसा देऊ, विराटनगर महानगरले भन्यो पहिले पोल भाडा रा सम्पत्ति कर तिर

Hamro Biratnagar 4303+ समाचार ( )
१५ मंगशिर २०८०, शुक्रबार

नेपाल विद्युत प्राधिकरण र महानगरपालिकाबिच विवाद चुलिएको छ । विद्युत महशुल तिर्न बाँकी रहेको भन्दै नेपाल विद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालयले सडक बत्तीको लाइन काटिदिएपछि विवाद चुलिएको हो । 

केही दिन अघि मात्र प्राधिकरणले विराटनगरका तीन वटा वडाका सडक वत्तिको लाइन काटिदिएको थियो । सोही कारण महानगरले पनि प्राधिकरणविरुद्ध एक्सन लिएको हो । महानगरले त्यसैको प्रतिउत्तरमा प्राधिकरणले १० करोड बढी तिर्न बाँकी रहेको भन्दै पत्र काटेको छ । 

महानगरपालिकाले पत्र प्राप्त गरेको मितिले १५ दिनभित्र १० करोड १ लाख १४ हजार ६ सय अन्ठाउन्न रुपैयाँ चुक्ता गर्न भनेको हो । 

महानगरपालिकाले गत असोज ४ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार विजुलीको खम्बाको समेत शुल्क समेत अशुल गर्ने निर्णय भएकाले सोही बमोजिम पत्र पठाइएको जनाएको छ । 

उता नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले भने महानगरले लामो समयदेखि सडक वत्तिको बक्यौता रकम नतिरेपछि लाइन काटेको जनाएको छ ।

प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमार साहले सडक वत्तिको लाइन काटिएपछि महानगरपालिकाले पनि एक्कासी रकम दावी गरेको बताए । ‘हामीले सडक वत्तिको लाइन काटेपनि महानगरले पनि रकमको दावी गरेको छ । पहिले यस्तो दावी गरेको जानकारीमा छैन ।’ उनले भने,‘अब हाम्रो कति र उहाँहरुको कति भन्नेकुरा छलफल भएपछि निश्कर्ष निस्किन्छ ।’ 

उनका अनुसार महानगरपालिकाले प्राधिकरणलाई बत्तीको मात्रै ८ करोड ६६ लाख बक्यौता तिर्न बाँकी छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार