मुख्य समाचार
सरकारविरुद्ध सामूहिक मुद्दा लड्दै वाणिज्य बैंक | विराट बहिरा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण | तेस्रो बिहे गर्न शिशुलाई उखुबारीमा छाड्ने शर्मिला पक्राउ | ऊर्जा क्षेत्रको विकासका लागि यस्ता छन् ८५ बुँदे कार्यक्रम | एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप अनुपस्थित | आज पाँच प्रदेशमा वर्षा हुने पूर्वानुमान | वीरगन्जमा हिन्दूवादीहरुको प्रदर्शन | क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी | यस्तो छ सरकार र शिक्षक महासंघबीच भएको ६ बुँदे सहमति (पूर्णपाठ) | सीजीलाई मोबाइल लाइसेन्स दिन राजपत्र संशोधनको तयारी |

संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री

Hamro Biratnagar 2247+ समाचार ( )
१५ जेठ २०८०, सोमबार

काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट प्रस्तुत गर्दैछन् । अर्थमन्त्री महतले आज प्रस्तुत गर्ने बजेट नेपालको ७६औं बजेट हो ।

संकटमा परेको अर्थतन्त्र उकास्न महतले यस पटक खर्च कटौती गर्ने बताउँदै आएका छन् । साथै चालू वर्षको भन्दा आगामी बजेटको आकार कम हुने अर्थमन्त्री स्वयंमले बताउँदै आएका छन् ।

सरकारले आगामी वर्ष गर्ने खर्च र सो खर्च व्यहोर्ने स्रोतसहित आयव्ययको विवरण बजेटमार्फत् सार्वजनिक हुन्छ । सरकारले खर्च गर्ने स्रोतमा सबैभन्दा ठूलो स्रोत राजस्व हो । यस्तै वैदेशिक ऋण तथा अनुदान र आन्तरिक ऋण सरकारले आगामी वर्ष कति उठाउने लक्ष्य लिएको छ सोबारे जानकारी गराउनेछन् ।

नेपालमा वि.सं २००८ सालदेखि बजेट सार्वजनिक गर्ने प्रचलन भएको हो । तत्काली अर्थमन्त्री सुवर्णशमशेर राणाले नेपालको पहिलो बजेट ल्याएका थिए । तत्कालीन अर्थमन्त्री सूवर्ण शमशेर राणाले संसदमा ५ करोड २५ लाख २९ हजार रूपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

चालू वर्ष १७ खर्ब ९३ अर्बको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब हारहारीकै बजेट ल्याउँदै । नेपालमा संविधान जारी हुनुअघि असार मसान्तमा बजेट सार्वजनिक गर्ने चलन थियो । तर, २०७२ असोज ३ गते संविधान जारी भएपछि जेठ १५ गतेलाई बजेट सार्वजनिक गर्नुपर्ने दिनको रूपमा तोकिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार