मुख्य समाचार
जोगबनीदेखि सिलिगढीसम्म आजदेखि चल्न थाल्यो रेल, यस्तो छ रुट (सूचीसहित) | विराटनगरमा १० औँ संस्करणको आनन्द मारवाडी प्रिमियर लिग सम्पन्न, अरिहन्त–११ ले जित्यो उपाधी | रोटरी क्लब अफ विराटनगर फ्यूजनको आयोजनामा पाँचौ संस्करणको साइक्लोथन सम्पन्न | नेपालले टी-२० सिरिजको फाइनल खेल्ने पक्क | एक महिनामा नेपाल भित्रिए ९७ हजार पर्यटक | काँकडभिट्टामा ६ जना स्थानीय सशस्त्रको खुकुरी प्रहारबाट घाइते | हाम्रो गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ : देउवा | एक्समा अब अडियो र भिडियो कल सुविधा पनि | आनन्द एमपिएलः शुक्रबार अरिहन्त–११ र प्रिमियर–११ विजयी, अरिहन्त–११ फाइनलमा प्रवेश | आगलागी नियन्त्रणको पूर्वतयारी: विराटनगरस्थित सनसारीमाईस्थानको डिप बोरिङ सञ्चालन |

कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव

Hamro Biratnagar 4303+ समाचार ( )
१५ मंगशिर २०८०, शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२८ मा संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बनधी सम्मेलन, कोप–३३ आयोजना गर्न शुक्रबार प्रस्ताव गरेका छन् ।

दुबईमा आयोजित जलवायु परिवर्तनसम्बनधी सम्मेलन, कोप–२८ सम्बन्धी छलफलमा बोल्दै मोदीले हरेक देशले जलवायु परिवर्तनको लक्ष्य पूरा गर्नुपर्ने र एकताबद्ध भएर काम गर्नुपर्ने बताए । 'आज सारा विश्वले हामीलाई हेरिरहेको छ । पृथ्वी माताले आफ्नो भविष्यको रक्षाका लागि हामीतिर हेरिरहनुभएको छ । हामी सफल हुनैपर्छ,' उनले भने, 'भारतले सन् २०२८ मा कोप ३३ को आयोजना गर्नेछ र यो कुरा म आज यही मञ्चबाट प्रस्ताव गर्दछु ।'

यसै वर्ष जी–२० शिखर सम्मेलनको आयोजना गरेको विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको नेताका रूपमा मोदीले विश्वमञ्चमा भारतको छवि उकास्न खोजेका छन् । जलवायु परिवर्तनसँग जुध्न केन्द्रित संयुक्त राष्ट्रसङ्घले आयोजना गर्ने वार्षिक वार्ता कोपलाई विश्वका विभिन्न क्षेत्रहरूमा आलोपालो गरिन्छ र यसले विश्वका राजनीतिक नेतृत्व र उद्योग प्रमुखहरूसहित दशौँ हजार प्रतिनिधिहरूलाई आकर्षित गर्दछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार