सरकारले दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुर्याउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी दुईवर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत् र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने बताएका छन् ।