मुख्य समाचार
विराटनगरको डिपिएस र भिकेभिएम स्कूलबिच मैत्रीपूर्ण फूटबल | क्यान मोरङका पूर्व अध्यक्ष तथा एलिना इन्फोटेक विराटनगरका सञ्चालकको मृत्यु | सन्दीपलाई विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न आईसीसीको अनुमति | विराटनगर महानगर क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी | रोटरीको चार कसीबारे प्रचार–प्रसार, सिटी रिक्सामा यसरी टाँसियो | मधेसको चार जिल्लाको सीमानाका आज रातिदेखि तीन दिन बन्द | विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक | अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गरेपछि प्रहरीकाे खाेरमा | गर्मी बढेको बढ्यै | भारतको निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द |

सुनको मूल्य प्रतितोला २२ सयले घट्यो

Hamro Biratnagar 5293+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २२ सय रपैयाँले घटेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८सय निर्धारण भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलामा २२ सय रुपैयाँले ओरालो लागेको छ । शुक्रबार प्रतितोला रु एक लाख ३८ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३५ हजार १५० निर्धारण भएको हो ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार ७ सय निर्धारण भएको छ ।शुक्रबार चाँदी प्रतितोला रु एक हजार ७ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा ५० रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार