मुख्य समाचार
विराटनगरको डिपिएस र भिकेभिएम स्कूलबिच मैत्रीपूर्ण फूटबल | क्यान मोरङका पूर्व अध्यक्ष तथा एलिना इन्फोटेक विराटनगरका सञ्चालकको मृत्यु | सन्दीपलाई विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न आईसीसीको अनुमति | विराटनगर महानगर क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी | रोटरीको चार कसीबारे प्रचार–प्रसार, सिटी रिक्सामा यसरी टाँसियो | मधेसको चार जिल्लाको सीमानाका आज रातिदेखि तीन दिन बन्द | विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक | अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गरेपछि प्रहरीकाे खाेरमा | गर्मी बढेको बढ्यै | भारतको निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द |

बल्खुमा ५/७ हजार मान्छे देखेर सरकार थर्कमान छः ओली

Hamro Biratnagar 5293+ समाचार ( )
८ मंगशिर २०८०, शुक्रबार

एमाले अध्यक्ष केपी शर्मा ओलीले मुर्खहरूले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गरे ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा ओलीले कतिपय देशहरूले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसाबले पनि राजतन्त्र हुनै नसक्ने तर्क गरे ।

एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्र प्रमुख हुन जन्मिने कुरा चेतना नभएका मुर्खहरूले मात्रै गर्ने ओलीको भनाइ थियो । 'कित चेतना नै नभएका मुर्खहरूले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा, जन्मिँदै राष्ट्रप्रमुख हुन नन्मिन्छ । गजाडी जन्मिन्छ कि । ड्रगिष्ट भएर जन्मिन्छ कि । कस्तो भएर जन्मिन्छ ? लफंगा भएर जन्मिन्छ कि ? थाहा छैन । जन्मिँदै राजा हुने । त्यो कुरालाई पनि मान्छु, त्यही हुनुपर्छ भन्ने कठैबरी,' उनले भने ।

बिहीबार दुर्गा प्रसाईंको नेतृत्वको काठमाडौंको बल्खुमा भएको प्रर्दशनप्रति संकेत गर्दै ओलीले एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको बताए ।

'हाम्रो देशमा राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले फालेका हुन् । यो देशमा २० सालभन्दा अगाडिसम्म बाटोमा नबन्नुमा के कारण छ ? अनि विकास हुनै नसक्नु कारण के हो ? २४० वर्ष राजतन्त्रले खायो । अन्त शिक्षामा अगाडि, स्वास्थ्यमा अगाडि । विकासमा अगाडि, पूर्वाधारमा अगाडि सबै हुदा पनि हाम्रो देशमा किन हुन सकेन ?' ओलीले प्रश्न गरे ।

युवा संघले भने देशलाई संकटबाट जोगाउन प्रदर्शन गरेको उनको टिप्पणी छ । 'एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन् । त्यस्तो बेलामा युवा संघले हामी यहाँ छौ भनेर छातिमा टाँसेर होइन, रातो टोपी लगाएर हामी यहाँ छौँ भनेर मैदान उत्रेर जे गर्‍यो,' ओलीले भने, 'युवा संघले देश संकटमा परेको बेला संकटमा काँध थाप्ने हामी छौँ है भनेर हिजो बोल्यो । धन्यवाद छ युवा संघलाई ।’

ओलीले बल्खुमा बिहीबार भएको प्रदर्शनमा ५/७ हजार मान्छे रहेको दाबी गर्दै सरकार भने त्यसबाट थर्कमान भएको बताए । जनतालाई निराश हुन नदिने काम एमालेले गर्नुपर्ने भएकाले त्यस काममा लाग्न युवा संघलाई उनले निर्देशन दिए ।

‘हिजो बल्खुमा भोलि उठी कहाँ जाने ? केही थाहा छैन भन्ने खालका, कहाँ डिँडेका हुन्, त्यो पनि थाहा छैन । के का लागि हिँडेका हुन् ? त्यो पनि थाहा छैन । के माग हो, के नारा हो ? कहाँ पुग्ने हो, के गर्ने हो ? थाहा छैन,' ओलीले भने, 'हाहा हुँहुँ हेर्न जान पाइन्छ रे भनेपछि हाहा हुँहु हेर्न आए । यो सरकार त्यत्तिकैमा थर्कमान छ । ५/७ हजार मान्छे यसो हेर्न आए होलान् । त्यसैमा सरकार थर्कमान छ ।'

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै