मुख्य समाचार
विराटनगरको डिपिएस र भिकेभिएम स्कूलबिच मैत्रीपूर्ण फूटबल | क्यान मोरङका पूर्व अध्यक्ष तथा एलिना इन्फोटेक विराटनगरका सञ्चालकको मृत्यु | सन्दीपलाई विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न आईसीसीको अनुमति | विराटनगर महानगर क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी | रोटरीको चार कसीबारे प्रचार–प्रसार, सिटी रिक्सामा यसरी टाँसियो | मधेसको चार जिल्लाको सीमानाका आज रातिदेखि तीन दिन बन्द | विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक | अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गरेपछि प्रहरीकाे खाेरमा | गर्मी बढेको बढ्यै | भारतको निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द |

नेपाललाई वेस्टइन्डिज ए ले दियो १६१ रनको लक्ष्य

Hamro Biratnagar 5293+ समाचार ( )
१६ वैशाख २०८१, आइतबार

वेस्टइन्डिज ए ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए ।

गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रनमा नट आउट रहे । म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे ।

तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चाल्र्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए । त्यसपछि कुनै पनि समय वेस्टइन्डिजले आक्रामक क्रिकेट खेल्न सकेन । वेस्टइन्डिजको कमजोरीको फाइदा उठाउँदै नेपालले लगातार स्पिनर लगाएको थियो ।

रोश्टन चेश, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो ।

नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १(१ विकेट लिए । पाँच खेलको सिरिजमा नेपाल १(० ले अघिछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार