मुख्य समाचार
विराटनगरको डिपिएस र भिकेभिएम स्कूलबिच मैत्रीपूर्ण फूटबल | क्यान मोरङका पूर्व अध्यक्ष तथा एलिना इन्फोटेक विराटनगरका सञ्चालकको मृत्यु | सन्दीपलाई विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न आईसीसीको अनुमति | विराटनगर महानगर क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी | रोटरीको चार कसीबारे प्रचार–प्रसार, सिटी रिक्सामा यसरी टाँसियो | मधेसको चार जिल्लाको सीमानाका आज रातिदेखि तीन दिन बन्द | विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक | अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गरेपछि प्रहरीकाे खाेरमा | गर्मी बढेको बढ्यै | भारतको निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द |

नेप्से १४ अंकले बढ्यो, अढाइ अर्ब बढी कारोबार

Hamro Biratnagar 5293+ समाचार ( )
१६ वैशाख २०८१, आइतबार

आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३ अंकले बढेको छ । आज नेप्से ०.७२ अंकले बढेर १९८०.२७ बिन्दुमा पुगेको छ ।

कारोबारको हिसाबले भने आइतबार नेप्से सामान्य नै रहेको छ । आइतबार २ अर्ब ६५ करोड ५३ लाख ८ हजार रुपैयाँ बराबरको ६८ लाख १४ हजार ४१३ कित्ता शेयर ४८ हजार १८३ पटक किनबेच भएको छ ।

आज ३०८ कम्पनीको शेयर किनबेच हुँदा १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ । ९ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । १३ वटा समुहमा ट्रेडिङ सूचक बाहेक अन्य सबै समूह हरियो भएको छ । सेन्सेटिभ इन्डेक्स २.६२ अंकले, फ्लोट इन्डेक्स १.०२ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९० अंकले बढ्यो ।

आजको कारोबारमा पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो फाइनान्सको शेयर ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ । आज सबैभन्दा बढी कारोबार गर्नेमा पनि पोखरा फाइन्यस नै रह्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार