मुख्य समाचार
विराटनगरको डिपिएस र भिकेभिएम स्कूलबिच मैत्रीपूर्ण फूटबल | क्यान मोरङका पूर्व अध्यक्ष तथा एलिना इन्फोटेक विराटनगरका सञ्चालकको मृत्यु | सन्दीपलाई विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न आईसीसीको अनुमति | विराटनगर महानगर क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी | रोटरीको चार कसीबारे प्रचार–प्रसार, सिटी रिक्सामा यसरी टाँसियो | मधेसको चार जिल्लाको सीमानाका आज रातिदेखि तीन दिन बन्द | विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक | अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गरेपछि प्रहरीकाे खाेरमा | गर्मी बढेको बढ्यै | भारतको निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द |

लायन्स क्लब अफ विराटनगर एक्जुकुटिभको २० औँ वार्षिक उत्सव सम्पन्न

Hamro Biratnagar 5293+ समाचार ( )
१६ वैशाख २०८१, आइतबार

विराटनगर । लायन्स क्लब अफ विराटनगर एक्जुकुटिभको २० औँ वार्षिक उत्सव भव्यरुपमा सम्पन्न भएको छ । लायन्स क्लब अफ विराटनगर एस्जुकुटिभले आफ्नो वार्षिक उत्सव भव्यरुपमा मनाएको हो । 

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लायन्स क्लब अफ विराटनगर एक्जुकुटिभले गरेको कामको प्रशंसा गर्दै २० वर्ष पूरा भएकोमा बधाई दिए । सो अवसरमा लायन्स इन्टरनेशनलका तर्फबाट इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले भिडियो शुभकामना दिएका थिए ।  

सो अबसरमा म्युजिक कन्सर्ट र च्यारिटी कार्यक्रम समेत राखिएको थियो । कार्यक्रममा कलाकार द लोकल ज्यामर र प्रितम आचार्यले भरपूर दर्शकलाई मनोरञ्जन दिएका थिए । 

सो कार्यक्रमबाट उठेको रकम विद्यालयको कक्षाकोठा निर्माणमा प्रयोग गरिनेछ । कार्य क्रममा स्थानीय जनताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरुलाई मुख्यमन्त्री कार्की, डिस्ट्रिक्ट गभर्नर र क्लबका अध्यक्षले सम्मान गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री केदार कार्की, विशिष्ट अतिथि डिस्ट्रिक्ट गभर्नर विजय हरि शर्मा अतिथिः लायन फूल कुमार लालवानी (पास्ट डिस्ट्रिक्ट गवर्नर), पूर्व डिस्ट्रिक्ट गभर्नर रेवतबहादुर कार्की, लिला ढुंगेल, डिस्ट्रिक्ट गभर्नर इलेक्ट विकास अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्ष क्लबका प्रेसिडेन्ट प्रतिश अग्रवालले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार