केजरीवाललाई थप पाँच दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

Hamro Biratnagar 5024+ समाचार ( )
१५ चैत्र २०८०, बिहीबार

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको एक अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । यसअघि अदालतले उनलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सो म्याद बिहीबार सकिएको थियो । 

केजरीवाललाई मदिराको नीतिमा घोटाला गरेको भन्दै भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले पक्राउ गरेको हो । अदालतले केजरीवाललाई थप पाँच दिन ईडीको हिरासतमा राख्न अनुमति दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

बिहीबार अदालतमा केजरीवालले आफूलाई किन पक्राउ गरिएको हो भन्दै प्रश्न गरेका थिए । तर, ईडीका अधिकारीहरूले सोधपुछमा केजरीवालले सहयोग नगरेको बताएका थिए । 

यसैबीच केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन भन्दै दिल्ली उच्च अदालतमा दायर रिट खारेज भएको छ । केजरीवालले हिरासतबाटै सरकार चलाइरहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार